- प्रथम पटक प्रकाशित मिति २०८१/०९/२४
यस कम्पनीको मिति २०८१/०९/२३ गते बसेको संचालक समितिको पच्चिसौं बैठकको निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा ६७ बमोजिम कम्पनीको नबौं र दशौं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयमा छलफल तथा निर्णय गर्न बस्ने भएकोले सम्पूण शेयरधनी महानुभावहरूको जानकारीको लागि अनुरोध छ।
१. सभा हुने मिति, समय र स्थानः
स्थानः सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौँ ।
मिति : २०८१/१०/१५ गते
समयः बिहान १०:०० वजे
२. छलफल तथा निर्णय गर्नुपर्ने विषयहरूः - संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने बारे ।
- लेखा परीक्षक श्री G. Paudyal & Associates, Chartered Accountants द्वारा तयार गरिएको लेखा परिक्षण प्रतिवेदन सहित आ.व. २०७९/०८० र २०८०/०८१ को वार्षिक हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी परित गर्ने बारे ।
- आगामि आ. व.२०८१/०८२ को हर हिसाब लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति तथा परिश्रमिक निर्धारण गर्ने बारे ।
- कम्पनीको रिक्त महिला-१ सहित ३ जना संचालक पदको निर्वाचन गर्ने बारे ।
- विविध ।
संचालक समितिको आज्ञाले,
कम्पनी सचिव
